काठमाडौं । मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलका नेता छलफलमा जुटेका छन् । सोमबार (कात्तिक २४) बिहान मधेस प्रदेश प्रमुख सुमित्रा भण्डारीले नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेसँगै उनीहरू छलफलमा जुटेका हुन् । उनीहरूले आउँदो रणनीति तय गर्ने बताइएको छ ।
प्रदेश प्रमुख भण्डारीले संविधानलाई मिचेर एमालेका नेता यादवलाई संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै बाँकी दलहरू असन्तुष्ट छन् ।
छलफलमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायत दलका नेता सहभागी छन् । न्युज एजेन्सी नेपाल