राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक उमेदवार बन्न चाहने व्यक्तिले ५० हजार रुपैयाँसहित आवेदन दिनुपर्ने भएको छ । पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले समानुपातिक उमेदवारी शुल्क ५० हजार तोकिएको बाह्रखरीलाई जानकारी दिए ।
रास्वपाले यही कात्तिक २२ गतेदेखि समानुपातिक उमेदवारका निम्ति आवेदन खुला गरिसकेको छ ।
निर्वाचन आयोगले समानुपातिकतर्फका उमेदवारको बन्दसूची पेस गर्न आउँदो पुस १८ र १९ गतेको मिति तोकेको छ ।
प्रतिनिधिसभाको निर्वाचन फागुन २१ गतेका निम्ति तय छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२ १३:३५
प्रतिक्रिया दिनुहोस्