site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओलीलक्षित पाण्डेको टिप्पणी- धरहरा मैले बनाएको भन्नेले गोली कसले चलायो थाहा छैन भन्न मिल्दैन
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले भदौमा भएको 'जेनजी' आन्दोलनको राम्रोसँग छानबिन हुनुपर्ने बताएका छन् ।

बुधबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै भदौ २३ गते कसले गोली चलायो भनेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भन्न नमिल्ने टिप्पणी गरे ।

“धरहरा कसले बनाएको, मैले बनाएको । फलानो कसले बनाएको, मैले बनाएको भन्ने । गोली कसले चलायो त्यो त थाहा छैन । त्यसो भन्न मिल्दैन,” पाण्डेले भने ।

दोषी प्रमाणित भएकाहरूलाई कारबाही गरिनुपर्ने उनको भनाइ छ ।

“बरु त्यो बेलामा सरकारको किन कन्ट्रोल भएन छानबिन गरौँ भन्नुपर्छ । किन त्यस्तो घटना घट्यो छानबिन गर्नुपर्छ । त्यसमा जो दोषी छन् । प्रमाणित मान्छेलाई कारबाही गर्नुपर्छ,” उनले भने ।

पाण्डेले भदौ २४ गतेको घटना अक्षम्य रहेको बताए । एमालेको पनि संलग्नता देखिए कारबाहीका लागि सहयोग गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  १४:३०
प्रतिक्रिया दिनुहोस्