काठमाडौं । सर्वोच्च अदालतले मधेसको मुख्यमन्त्री नियुक्तिविरुद्ध प्रदेशका ७४ सांसदको रिटमा अन्तरिम आदेश छलफलका लागि पेसी तोकेको छ । मधेस प्रदेशका ७४ सांसदको तर्फबाट मंगलबार कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले रिट दायर गरेका थिए ।
उनको रिटमा प्रारम्भिक छलफलपछि बुधबार (कात्तिक २६) न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई डाकेर आइतबारको पेसी तोकेको हो ।
यसअघि सार्वजनिक सरोकारको रिटमा होटेलमा नियुक्ति लिएर त्यही शपथ खाएका मुख्यमन्त्री सरोज यादवलाई दिर्घकालीन महत्त्वका निर्णय नगर्न अन्तरिम आदेश जारी भइसकेको छ । उनी कामचलाउ भइसकेकाले आइतबार ७४ सांसदको रिटमा अन्तरिम आदेश भए नयाँ सरकार गठनको बाटो खुल्न सक्छ ।