site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भीम रावललाई नेकपामा फूलमाला र अंकमालसहित स्वागत (तस्बिरहरू)

काठमाडौं । नेकपा (एमाले) बाट अलग भएर ‘मातृभूमि जागरण अभियान' सञ्चालन गर्दै आएका भीम रावल र नेपाल कम्युनिस्ट पार्टी श्रमजिवीका महासचिव प्रमोद नारायण यादव नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् ।

काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित सभामा उनीहरू नेकपामा समाहित भएको घोषणा भएको हो । रावलले आजै पेरिसडाँडामा सात बुँदे सहमति गरेका थिए । सहमतिपत्रमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र भीम रावलको हस्ताक्षर छ ।

हस्ताक्षरलगत्तै एकता घोषणा गरिएको हो । कार्यक्रममा संयोजक प्रचण्ड तथा नेता झलनाथ खनालले रावललाई माला लगाइदिएर अंकमाल गरी पार्टीमा स्वागत गरेका थिए ।

bhim-rawal-swagat-(6)-1762941060.jpeg
bhim-rawal-swagat-(7)-1762941060.jpeg
bhim-rawal-swagat-(5)-1762941058.jpeg
bhim-rawal-swagat-(2)-1762941058.jpeg
bhim-rawal-swagat-(3)-1762941058.jpeg
bhim-rawal-swagat-(4)-1762941058.jpeg
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  १५:३८
प्रतिक्रिया दिनुहोस्