site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
परिवर्तन र रूपान्तरण आफूबाट सुरु गर्नुपर्छ : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले परिवर्तन र रूपान्तरण आफूबाट सुरु गर्नुपर्ने बताएका छन् । काठमाडौंमा बुधबार आयोजित पार्टी समायोजन कार्यक्रममा नेता नेपालले आफूहरूले क्रान्तिकारी चरित्र बोकेको पार्टी बनाइरहेको बताए ।

"प्रचण्डलाई प्रस्ट भनेको छु, कि हामी नयाँ क्रान्तिकारी चरित्र बोकेको पार्टी बनाइरहेका छौँ । त्यसो हुनाले समाजलाई परिवर्तन, रूपान्तरण गर्नु छ । यो यत्तिकै हुने वाला छैन, आफूबाट सुरु गर्नुपर्छ," उनले भने ।

उनले पार्टी, नेता र कार्यकर्तामा देखिएका विकृति र विसंगति नहटाए 'नयाँ बोतलमा पुरानो रक्सी' भन्ने भनाइ जोडिने पनि बताए ।

राजनीतिप्रति बढेको वितृष्णा, निराशा, नेताप्रति पैदा भएका वितृष्णाबारे आत्ममन्थन गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  १७:०५
प्रतिक्रिया दिनुहोस्