site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पाकिस्तानमा सर्वोच्चका वरिष्ठ दुई न्यायाधीशले दिए राजीनामा

काठमाडौं । पाकिस्तानको संसद्‌बाट २७औँ संवैधानिक संशोधन पारित गरिएपछि त्यहाँको सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशद्वय मन्सूर अली शाह र अथर मिनाल्लाहले राजीनामा दिएका छन् ।

सर्वोच्चका न्यायाधीश मन्सूरले आफ्नो १३ पृष्ठ लामो राजीनामापत्रमा २७औँ संवैधानिक संशोधन पाकिस्तानको संविधानमाथि गम्भीर प्रहार भएको उल्लेख गरेका छन् । उक्त संशोधनले पाकिस्तानको सर्वोच्च अदालतलाई खण्डित बनाएको उनले आरोप लगाएका छन् ।

अर्का न्यायाधीश अथरले आफ्नो राजीनामापत्रमा लेखेका छन्, “पाकिस्तानका जनताको न्यायपालिकाको एक हिस्सा भएर सेवा गर्न पाउनु मेरा निम्ति सबैभन्दा ठूलो सम्मान र सौभाग्य हो । मैले आफ्नो शपथअनुसार कर्तव्य निर्वाह गर्न सक्दो प्रयास गरेको छु । आज त्यही शपथले नै मलाई औपचारिक राजीनामा दिन बाध्य बनाएको छ ।”

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  १०:५२
प्रतिक्रिया दिनुहोस्