site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेपाली कम्युनिस्ट पार्टीको पूर्वपदाधिकारी बैठकले के गर्‍यो निर्णय ?

काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सात वटै प्रदेशमा एकताको सन्देश दिन सन्देश सभा आयोजना गर्ने भएको छ ।

आइतबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको पूर्वपदाधिकारीहरूको बैठकले यस्तो निर्णय गरको नेता वामदेव गौतमले जानकारी दिए । सभाको मिति भने पछि तय गरिने उनले बताए ।

संविधानद्वारा निर्देशित समाजवाद निर्माण गर्दै मुलुकमा विद्यमान समस्याको हल गर्ने सन्देश देशभर पुर्‍याउन पार्टीले सभा गर्न लागेको गौतमको भनाइ छ ।

"सात वटा प्रदेशमा सन्देश सभा दिने निर्णय गरेका छौँ । त्यसको मिति तय भइसकेको छैन । सातवटै प्रदेशमा एकताको सन्देश दिन सभा गर्ने निर्णय भएको छ," गौतमले भने, "मुलुकमा विद्यमान सबै समस्या हामीले समाधान गर्छौं । र, देशमा ठूलो परिवर्तन ल्याउँछौँ भन्ने सन्देशसहित सातै प्रदेशका जनताको बीचमा जान्छौँ ।’

स्वदेशमै रोजगारी सिर्जना गरी मुलुकको आर्थिक अवस्था सुधार्न पार्टी प्रतिबद्ध भएर लाग्ने दाबी पनि गरे । न्युज एजेन्सी नेपाल

 

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  १८:१४
प्रतिक्रिया दिनुहोस्