site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वर्तमान सरकारले निर्वाचन गराउने कुनै आधार देखिँदैन : अधिकारी

काठमाडौं । नेकपा (एमाले)का नेता एवं पूर्वगृहमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन गराउन नचाहेको टिप्पणी गरेका छन् । सोमबार (मंसिर १) जनकपुरमा सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

सरकारले निर्वाचन गराउने कुनै आधार नदिएको उनले जिकिर गरे । प्रहरीबाट लुटिएका एसएलआरलगायत हतियारसहित निर्वाचनमा गोलाबारुद्ध हुने सम्भावना विद्यमान रहेकाले आउँदो फागुन २१ गते चुनाव हुने कुनै सम्भावना नरहेको उनले तर्क गरे ।

नेता अधिकारीले संसद् पुनर्स्थापना र युवापुस्ताको सुशासन र भ्रष्टाचार अन्त्यको माग सम्बोधन गरेर मात्र मुलुकलाई निर्वाचनमा अघि बढाउनुपर्नेमा जोड दिए ।

नेता अधिकारीले राजनीतिक दलका ‘नेतालाई भेट्नै मन लाग्दैन’ भन्ने प्रधानमन्त्रीले निर्वाचन गराउँछन् भनेर भन्न नसकिने बताए ।

नेता खगराज अधिकारीको भनाइ पढ्नोस्–
कुनै राजनीतिक दलको नेतृत्वमा अभियुक्तहरूलाई फरार बनाइयो । हतियारहरू लुटिएका छन् । प्रहरीको पोसाक र लजेस्टिक सामानहरू पनि लुटिएका छन् । र, कुनै पनि मतदान केन्द्रमा एसएलआर समेत प्रयोग गरेर प्रहरीकै पोसाकमा गोलाबारुद हुने सम्भावना छँदै छ । त्यसलाई शान्ति, सुरक्षा, अमनचयन, भयरहित वातावरण बनाउनुपर्ने सरकारको पहिलो कर्तव्य हो । त्यो काम उसले गरेकै छैन । पूर्वाधार बनाएकै छैन । राजनीतिक दलका भेट्नै मन लाग्दैन भन्ने प्रधानमन्त्रीले चुनाव गराउन खोजेको हो भन्ने तपाईंलाई लाग्छ र ? त्यसैले चुनाव गराउन खोजिएको कुनै आधार नै देखिएको छैन । र, चुनाव हुन्छ भन्ने कुरामा आमजनतालाई विश्वास पनि छैन । अहिले चुनावको वातावरण बनाउनुपर्‍यो एक । र, संविधान जुन लिक बाहिर छ, त्यसलाई लिकमा ल्याउन संसद् पुनर्स्थापना गर्ने र युवापुस्ताका मागहरू सुशासन र भ्रष्टाचारको अन्त्य जुन माग उनीहरूले गरेका छन् । न्युज एजेन्सी नेपाल

 

 

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  १२:१२
प्रतिक्रिया दिनुहोस्