site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
'जेनजी'लाई मन्त्री पुनले भने- तिमीहरूका सबै माग पूरा गर्न सक्दिनँ, चुनावपछि आफ्नै सरकार बनाएर पूरा गर

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले 'जेनजी' युवाहरूलाई गाउँ फर्किन आग्रह गरेका छन् ।

सोमबार (मंसिर १) सिंहदरबारस्थित मन्त्रालयमा 'जेनजी २.०' ले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री पुनले यस्तो आग्रह गरेका हुन् । उनले कतिपय मागहरू पूरा गर्न नसक्ने किसिमका रहेको बताए । आगामी निर्वाचनबाट युवा जिताएर ल्याउन र आफ्नै सरकारबाट सबै मागहरू पूरा गर्न उनले आग्रह गरे । आफैँ निर्वाचनमा भाग लिएर जितेर आएर आफ्ना मागहरू पूरा गर्न उनको सुझाव थियो ।

मन्त्रालय आउँदै मन्त्रीलाई ज्ञापनपत्र बुझाएर माग पूरा नहुने भन्दै आफैँ गाउँ फर्किएर निर्वाचनमा भाग लिए निर्वाचन जितेर आएर आफ्नै सरकार बनाइ माग पूरा गर्न उनले आग्रह गरे । केही मागहरू भने विचार गर्न सकिने मन्त्री पुनको भनाइ छ ।

'जेनजी २.०' ले १६ वर्षको उमेरमा एसईई पास गरी सीटीईभीटी मा पढेर देश विदेशमा काम गरी जीविका चलाउन तथा देश विकाशमा योगदान गर्न चाहाने विद्यार्थी र देशको भविष्यसँग जोडिएको प्राविधिक शिक्षाका समस्याहरू समाधान गर्न १ हप्ताको अल्टिमेटम दिएको छ ।

विद्यार्थीका मागहरू समयमा पूरा नगरे त्यसपछिको अवस्थाको जिम्मेवारी सीटीईभीटीको हुने बताएको छ । यसै वर्ष सीटीईभीटीको छनौट प्रक्रिया पूरा गरी स्टाफ नर्स पढ्न चाहेका १० हजार विद्यार्थीलाई स्टाफ नर्स पढ्ने व्यवस्था गर्न माग गरेको छ ।

यस्तो छ मन्त्री पुनको भनाइ :

अब यो तिमीहरूको सबै माग पूरा गर्ने हो भने तिमीहरू आफैँ चुनाव लड्ने, सरकार बनाउने, यसपछि कुरा आफैँले गर्ने । योभन्दा अर्को उपाय छैन । यहाँ क्यामेरा तेर्स्याएर बस्ने होइन ।

यस्तो किसिमको माग मन्त्रालय आउँदै, मन्त्रीलाई माग राख्ने होइन, आफैँ गाउँ गाउँमा जाने हो । तिमीहरूको माग मात्रै पूरा गरेर हुन्छ, मेरो पनि त माग पूरा गर्नुपर्ने हुन्छ । अब 'जेनजी'का भाईबहिनीहरू काठमाडौं बस्न छोडेर सबै आफ्नो गाउँमा जाने, युवा नेताहरू ल्याउने र यस्ता किसिमका मागहरू पूरा गर्ने । केही मागहरू विचार गर्न सकिन्छ, सबै माग पूरा गर्न सकिँदैन । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  १५:२६
प्रतिक्रिया दिनुहोस्