काठमाडौं । मधेसमा मुख्यमन्त्री नियुक्तिविरुद्ध प्रदेशसभाका ७४ सांसदले दायर गरेको रिटमा सर्वोच्च अदालतमा बहस जारी छ । मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र सुनीलकुमार पोखरेलको बहस भइहेको छ ।
न्यायाधीशद्वयको इजलासमा ३६ मुद्दा परेका थिए । त्यसमध्ये तीन मुद्दा स्थगित भएका छन् ।
लगाउका कारण र निवेदनका कानुन व्यवसायीबाट तीन मुद्दा स्थगित भए । बाँकी ३२ मुद्दा भने हेर्न नभ्याइनेमा परेका छन् । अदालतले मुद्दाका पक्षहरूलाई असर नपरोस् भनेर हेर्न नभ्याउने जनाउ पेसी सूचीमा गराइसकेको छ ।
सोमबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट आठमध्ये सातौँ नम्बरमा परेको थियो । अन्तिममा पालो आएपछि बहसका लागि पर्याप्त समय नहुने भन्दै पक्षले नै सार्न आग्रह गरेपछि अग्राधिकार प्रदान गरी मंगलबार (आज)को पेसी तोकिएको थियो ।