राजनीति
काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन विवादमा साझा धारणा बनाउन नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापासहितका नेताहरूले संवाद थालेका छन् ।
संस्थापन र संस्थापनइतरबीच चुनावअघि र चुनावपछि महाधिवेशन भन्ने विवादबीच कात्तिक २७ गते बोल्ने क्रम सकिएर स्थगित भएको केन्द्रीय समिति बैठक सुरु हुन सकेको छैन ।
कात्तिक २९, मंसिर १ हुँदै ४ गतेका लागि सरेको केन्द्रीय समिति बैठक बिहीबार पनि बस्ने/नबस्ने निश्चित छैन । यस्तोमा पुसभित्रै नियमित महाधिवेशन भनिरहेका महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले डा. कोइरालासहितका नेतासँग छलफल गरेका हुन् । छलफल डा. शेखरको सम्पर्क कार्यालय विशालनगरमा जारी छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२ १५:०८
प्रतिक्रिया दिनुहोस्