site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राज्यद्रोहमा दण्डित गर्नुपर्नेहरूलाई विजेताको रूपमा चित्रण गर्न खोजियो : शंकर पोखरेल

ललितपुर । नेकपा (एमाले) का महासचिव शंखर पोखरेलले राज्यद्रोहको आरोपमा दण्डित हुनुपर्ने पात्रहरूलाई विजेताका रूपमा चित्रण गर्न खोजिएको टिप्पणी गरेका छन् ।

मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको विघटित प्रतिनिधिसभाको एमाले संसदीय दलको बैठकमा पोखरेलले 'जेनजी' आन्दोलनका क्रममा राष्ट्रविरुद्ध ठूलो षडयन्त्र भएको भन्दै त्यसमा संलग्न पात्रहरूलाई राज्यद्रोहको आरोपमा दण्डित हुनुपर्नेमा विजेताका रूपमा चित्रण गर्न खोजिएको बताए ।

उनले योजनाकारहरूलाई कडा कारबाही गर्नुपर्नेमा उत्मुक्ति दिने तर्फ राज्य अघि बढेको भन्दै गम्भीर असहमति रहेको बताए । वर्तमान सरकारले कुनै पनि हालतमा निर्वाचन गर्न नसक्ने उनको दाबी छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  १५:३२
प्रतिक्रिया दिनुहोस्