site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वर्तमान सरकारले मुलुकमा खुलेआम भ्रष्टाचारको काण्ड मच्चायोः ओली

ललितपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले खुलेआम भ्रष्टाचारको काण्ड मच्याएको आरोप लगाएका छन् । मंगलबार पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टीको विघटित प्रतिनिधि सभा संसदीय दलको बैठकमा उनले सो कुरा बताएका हुन् ।

ओलीले विद्युत् खरिदको नाममा करोडौँ घोटाला गरेको विदेशी कम्पनीलाई कर छुट दिएर कमिसन खाने काम वर्तमान सरकारले गरेको भन्दै आपत्ति जनाए । वर्तमान सरकारले मुलुकलाई अराजकता र अन्यौलग्रस्त अवस्थामा पुर्‍याएको ओलीको आरोप छ ।

ओलीले के भने ?

देश समृद्धिको मार्गमा अघि बढिरहेको थियो । यस्तो अवस्थामा अनावश्यक ढंगले न देशमा त्यस्तो चरम भ्रष्टाचार थियो । भ्रष्टाचार हुँदो हो । कुन भ्रष्टाचार कहाँ, कहाँनिरको भ्रष्टाचार ? कुन केस ? अहिलेका जस्ता खासै तोकिएका यति करोडका विद्युत खरिदका विद्युत बिक्रीका अथवा विदेशी कम्पनीलाई कर छुटका यस्ता खुलेआम भ्रष्टाचारका काण्डहरू त देखिएका थिएनन् त ! अहिले जुन देखिएको छ, त्यो त देखिएको थिएन । यस्तो कुशासन पनि देखिएको थिएन । विकासहीनता, राजनीति, अन्यौलग्रस्त, अराजक यस्तो त थिएन त । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  १५:४८
प्रतिक्रिया दिनुहोस्