काठमाडौं । मधेस प्रदेश सरकार गठनविरुद्ध प्रदेशसभाका ७४ सांसदले दायर गरेको रिटमा सुनवाइ सकिएको छ। केहीबेरमा आदेश आउन सक्ने छ ।
बहसका क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले लुकेर शपथ खुवाउने अवस्थाप्रति चिन्ता जाहेर गरेका छन् । उनले प्रदेशसभा एवं प्रदेश प्रमुखको कार्यालय हुँदाहुँदै होटलमा गएर शपथ खानुलाई संविधान र लोकतन्त्रको धज्जी उडाइएको रूपमा प्रस्तुत गरे ।
"अब त श्रीमान् ट्वाइलेटमा मात्र शपथ खान बाँकी रह्यो । जहाँ प्रहरीले पनि प्रवेश गर्न पाउँदैन," थापाले भने, "हामीले मुख्यमन्त्रीले लुकेर शपथ खाने डेमोक्रेसी ल्याएका हौँ त श्रीमान् ? यस्तै कुरालाई प्रवर्द्धन गर्यौँ भने हाम्रो डेमोक्रेसी कहाँ जाला ?"
उनले लुकेर खाएको शपथ तत्काल बदर गरी संवैधानिक र पारदर्शी प्रक्रियाको सुरुवात गर्नुपर्ने बताएका थिए ।