site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रिय मुक्ति पार्टीले विचार मिल्ने पार्टीसँग सहकार्य गर्ने
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीले विचार मिल्ने पार्टीहरूसँग सहकार्य गर्ने भएको छ । केन्द्रीय समितिको बैठकले विचार, सिद्धान्त र मुद्दा मिल्ने दलहरूसँग एकता, मोर्चा र चुनावी गठबन्धन गर्ने निर्णय गरेको हो ।

बैठकले चुनावी प्रयोजनका लागि दल दर्ता पनि गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

बैठकले आगामी निर्वाचनका लागि उमेदवार छनोट र केन्द्रीय कार्यालयमा उमेदवार सिफारिसको प्रक्रिया पारदर्शी, समावेशी र सहभागितामा आधारित बनाउने निर्णय गरेको छ ।

केन्द्रीय समितिको बैठक कात्तिक ३० र मंसिर १ गते गरी दुई दिन बसेको थियो ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  १८:३४
प्रतिक्रिया दिनुहोस्