site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पत्रकारहरूले आफ्नैअघि साउदी 'क्राउन्स प्रिन्स'लाई असहज प्रश्न गरेपछि ट्रम्पको असन्तुष्टि

काठमाडौं । अमेरिका भ्रमणका क्रममा वासिङ्टन पुगेका साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई कुराकानीका क्रममा पत्रकारहरूले गरेका केही प्रश्नमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले असन्तुष्टि जनाएका छन् ।

मंगलबार वासिङ्टनमा ट्रम्प र मोहम्मद बिन सलमानले पत्रकारहरूसँग कुराकानी गरेका थिए । त्यसक्रममा उनलाई जमाल खाशोज्गीको हत्या तथा सेप्टेम्बर ११ मा अमेरिकामा भएको आक्रमणका बारेमा प्रश्न सोधिएको थियो । जसमा ट्रम्पले असन्तुष्टि जनाएका हुन् ।

बीबीसीका अनुसार खाशोज्गी हत्या र सेप्टेम्बर ११ मा भएको आक्रमणमा साउदी अरबको भूमिकाका विषयमा प्रश्न गरिएको थियो । ट्रम्पले प्रश्न गर्ने पत्रकारलाई- कुन मिडायाबाट हो ? भनेर प्रश्न गरेका थिए ।

अनि ट्रम्पले प्रश्न गर्ने पत्रकारलाई भने- "तपाईं पाहुनालाई लज्जित पारिरहनुभएको छ ।"

मोहम्मद बिन सलमानले भने अमेरिका र साउदी अरबको सम्बन्ध बिग्रियोस् भनेर ओसामा बिन लादेनले सेप्टेम्बर ११ मा अमेरिकामा भएको आक्रमणमा साउदी अरबका मानिसहरूको प्रयोग गरेको बताए ।

साथै उनले खाशोज्गी हत्या प्रकरणमा पनि जवाफ दिए । बिनाकारण र गैरकानुनी रूपमा हत्या गरिनु दर्दनाक भएको उनको भनाइ थियो । बीबीसीमा अनुसार मोहम्मद बिन सलमानले भनेका थिए, "हामीले अनुसन्धान गर्‍यौँ । र, यस्तो गल्ती फेरि नदोहोरियोस् भनेर प्रयास गरिरहेका छौँ । यो हाम्रा लागि पनि धेरै ठूलो पीडादयी दुर्घटना थियो ।"

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  ११:५४
प्रतिक्रिया दिनुहोस्