काठमाडौं । सरकारले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि करिब १ लाख २० हजार 'निर्वाचन सुरक्षा प्रहरी' भर्ना गर्ने भएको छ ।
यसअघिका निर्वाचनमा 'म्यादी प्रहरी' शीर्षकमा भर्ना लिँदै आएको सरकारले यो पटक भने 'निर्वाचन सुरक्षा प्रहरी'को नाममा भर्ना लिन लागेको हो ।
आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत गर्दै निर्वाचन सुरक्षाका लागि १ लाख २० हजार 'निर्वाचन सुरक्षा प्रहरी' भर्ना गर्ने निर्यण गरेको हो ।
गृह मन्त्रालका प्रवक्ता सहसचिव आनन्द काफ्लेले निर्वाचनका लागि 'निर्वाचन सुरक्षा प्रहरी'को भर्ना गर्ने तयारी भएको बताए ।
निर्वाचनका लागि निर्वाचन आयोगले मदतान स्थल र मतदाता नामवालीबारे जानकारी गराएपछि संख्याको विषयमा थपघट हुने र भर्ना प्रकृया प्रहरीले गर्ने काफ्लेको भनाइ छ ।
नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले पनि जिल्ला सुरक्षा समितिको सुरक्षा विश्लेषणका आधारमा 'निर्वाचन सुरक्षा प्रहरी' भर्ना गरिने बताए ।
"सख्या कति र कुन मितिमा भर्ना गर्ने भन्ने टुङ्गो लागेको छैन । हामी त्यसको गृहकार्यमा छौँ । जिल्ला सुरक्षा समिति र निर्वाचन आयोगको निर्वाचन स्थल तोकेपछि भर्ना सुरु गर्छौं," काफ्लेले भने ।
गृह मन्त्रालयका अनुसार निर्वाचनको मितिभन्दा करिब ४० दिनअघि नै भर्ना गर्ने गरी काम थालिएको छ ।