site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
सिड्नीको ओलम्पिक पार्कमा ‘एलजी फेस्ट’ हुँदै

सिड्नी । एलजी एसोसिएसनको आयोजनामा आगामी शनिबार (नोभेम्बर २२) सिड्नीको ओलम्पिक पार्कमा ‘एलजी फेस्ट, २०२५’ आयोजना हुने भएको छ । कार्यक्रममा चर्चित ब्यान्ड जोन एन्ड दी लोकल्स, र्‍यापर योद्धा र स्वप्नील शर्माको ब्यान्डको विशेष प्रस्तुति रहनेछ ।

अस्ट्रेलियाका अन्य सहरको सांगीतिक यात्रा सकेर कलाकारहरू अब सिड्नीमा प्रस्तुतिका लागि तयार रहेको आयोजकले जनाएको छ ।

आयोजक ध्रुब गुरुङका अनुसार, प्रतिष्ठित भेन्यू मानिने ओलम्पिक पार्कमा हुने कार्यक्रमका लागि ६ हजारभन्दा बढी टिकट बिक्री भइसकेको छ । युवा पुस्ताको मागलाई ध्यानमा राख्दै सांगीतिक महोत्सव आयोजना गरिएको गुरुङले बताए ।

कार्यक्रमलाई मार्की होम्स र एमआईटीलगायतले सहयोग गरेका छन् ।

 

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १५:५५
प्रतिक्रिया दिनुहोस्