site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेकपा र जसपाबीचको वार्ता सकारात्मक

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीबीच पार्टी एकताका निम्ति वार्ता भएको छ । बुधबार केन्द्रीय कार्यालय, पेरिसडाँडामा सम्पन्न वार्ता सकारात्मक रहनुको साथै छिटोभन्दा छिटो निष्कर्षमा पुग्ने सहमति भएको छ । 

वार्तामा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट देव गुरुङ, बेदुराम भुसाल, प्रमेश हमाल, प्रकाश ज्वाला, शक्ति बस्नेत र गिरिराजमणि पोख्रेल तथा जसपाको तर्फबाट वार्ता समितिका संयोजक राजेन्द्र श्रेष्ठ, रेनु यादव, रणध्वज कन्दंगवा र पर्शुराम बस्नेतको सहभगिता रहेको थियो । 

निर्णायक वार्ता भोलि (मंसिर ४) दिउँसो ३ बजे नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा हुने नेता प्रकाश ज्वालाले जानकारी दिएका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  १९:४८
प्रतिक्रिया दिनुहोस्