काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीबीच पार्टी एकताका निम्ति आज पनि वार्ता हुँदै छ । बुधबार भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि आज पुनः सहमतिको प्रयासका लागि वार्ता हुन लागेको हो ।
बुधबारको वार्ता सकारात्मक रहेको भन्दै नेताहरूले छिटोभन्दा छिटो निष्कर्षमा पुग्ने सहमति भएको बताएका थिए । आजको वार्तालाई नेताहरूले निर्णायक भनेका छन् । वार्ता दिउँसो ३ बजे हुने नेता प्रकाश ज्वालाले जानकारी दिएका छन् ।
हिजोको वार्तामा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट देव गुरुङ, बेदुराम भुसाल, प्रमेश हमाल, प्रकाश ज्वाला, शक्ति बस्नेत र गिरिराजमणि पोख्रेल तथा जसपाको तर्फबाट वार्ता समितिका संयोजक राजेन्द्र श्रेष्ठ, रेनु यादव, रणध्वज कन्दंगवा र पर्शुराम बस्नेतको सहभगिता थियो ।