site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
निधिको प्रस्ताव- अहिले निर्वाचनलाई प्राथमिकता दिउँ, महाधिवेशन वैशाखमा गरौँ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीको १५औँ महाधिवेशन तत्काल गर्न नहुने बताएका छन् ।

नेपाल महिला संघले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा निधिले अहिलेको प्राथमिकता प्रतिनिधिसभा सदस्य निर्वाचन भएको भन्दै निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने बताए ।

अगामी वैशाखमा पार्टीको नियमति महाधिवेशन गर्नुपर्ने भन्दै निधिले सोहीअनुसार तयारी गर्नुपर्ने बताए । "अहिले निर्वाचनलाई नै प्राथमिकता दिउँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन निर्वाचन सम्पन्न भइसकेपछि वैशाखमा गरौँ । र, त्यसैको तयारीमा हामी सबै लागौँ," उनले भने ।

पछिल्लो समय कांग्रेसभित्र महाधिवेशनको विवाद उत्कर्षमा पुगेको छ । महाधिवेशनको कार्यतालिकामा सहमति नजुट्दा पार्टी केन्द्रीय समिति बैठक निष्कर्षमा पुग्न सकेको छैन । न्युज एजेन्सी नेपाल

 

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  १४:५३
प्रतिक्रिया दिनुहोस्