site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीलाई ओलीको प्रश्न : अझै ठूलो विद्रोह तपाईंको अनुमान कि सपना ?

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीलाई अझै ठूलो विद्रोह हुन्छ भनेको योजना कि अनुमान हो भन्दै प्रश्न गरेका छन् । शुक्रबार पार्टीको युथ भोलेन्टियर घोषणा कार्यक्रममा उनले सरकार संविधानअनुसार बनेको छैनभन्दा अर्को विद्रोह हुने धारणा प्रधानमन्त्रीबाट सुनिएको भन्दै आपत्ति जनाए । 

“यस देशमा अझै ठूलो विद्रोह हुन्छ रे । अस्ति प्रधानमन्त्रीबाट सुनेको । यदि यो सरकार संविधानसम्मत बनेको छैन भन्ने हो भने झन अर्को ठूलो विद्रोह हुन्छ रे । कसले विद्रोह गर्छ ? अस्तिको भन्दा ठूलो विद्रोह हुन्छ भन्ने को हो ?,” ओलीले भने, “फेरि आगो लगाउने, तोडफोड गर्ने ?” 

ओलीले विद्रोहको सपना देखेको भए छोड्न आग्रह गरे । “तपाईंको अनुमान हो कि योजना हो ?, योजना हो भने सपना नदेख्नुस् । अनुमान हो भने डराउन छोड्नुस् । नेपाली जनतालाई पनि डर देखाउन छोड्नुस्,” उनले भने ।

 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  १५:०८
प्रतिक्रिया दिनुहोस्