site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओलीको चेतावनी : एमालेको महाधिवेशन भाँड्ने सोच नबनाउनू

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन भाँड्ने प्रयास भएको बताएका छन् । शुक्रबार पार्टीको युथ भोलेन्टियरको घोषणा गर्दै मंसिर २७–२९ मा हुने महाधिवेशन भव्य हुने बताए । 

“अब २२ दिनमा एमालेको महाधिवेशन हुँदैछ । त्यो महाधिवेशन अत्यन्त भव्यताका साथ सम्पन्न हुनेछ । म देख्दैछु, सुन्दैछु, त्यसलाई भाँड्न विभिन्न प्रकारका प्रयास भइरहेका छन्,” उनले भने । 

उनले एमालेको महाधिवेशनबारे टाउको नदुखाउन आग्रह गरे । साथै, महाधिवेशन भाँड्ने सोच नबनाउन चेतावनी दिए । “चेतावनी भन्ने शब्द चर्को हुन्छ भने म सबैलाई भन्न चाहन्छु, त्यसप्रकारका सोच नै नबनाउनुस् । एमालेको महाधिवेशन भाँड्ने सोच नबनाउनुस् । एमाले आफ्नो ठाउँमा बसेर गर्छ,” उनले भने । 

जनताले एमालेको महाधिवेशनलाई ऐतिहासिक रूपमा स्थापित गर्ने ओलीले बताए । उनले महाधिवेशनलाई एकताबद्ध बनाएर लैजान चाहेको बताए । “म चाहन्छु हामी सबैले एकताको महाधिवेशन बनाएर लैजाऔँ । फराकिलो मन, फराकिलो मनकासाथ यस महाधिवेशनलाई अगाडि लैजाउँ ।” ओलीले सामाजिक सञ्जालबाट भ्रम फैलाइएको र सजक हुन आग्रह गरे ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  १५:१८
प्रतिक्रिया दिनुहोस्