site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
महाधिवेशन नेतृत्व चयनमा मात्र केन्द्रित हुनेछ : पोखरेल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ११औँ राष्ट्रिय महाधिवेशन पार्टीको नेतृत्व चयनमा मात्र केन्द्रित हुने बताएका छन् । उनले ललितपुरको गोदावारीमा गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनले पार्टीको नीति र विधि निर्माण गरिसकेकाले आगामी महाधिवेशन नेतृत्व निर्माणमा मात्र केन्द्रित हुने उल्लेख गरे । 

“हामीले हालै गोदावरीमा सम्पन्न पार्टीको दोस्रो विधान महाधिवेशनमा छलफल गरेर पार्टीको नीति बनाइसकेका छौँ । त्यो नीतिमा कसैले पनि असहमति जनाएका छैनन्,” शुक्रबार आयोजित कार्यक्रममा उनले भने, “ललितपुरमा भएको केन्द्रीय कमिटी बैठकमा पनि जेनजी आन्दोलनबारे पार्टीले दृष्टिकोण बनाएको छ । त्यसलै अब ती नीति, विधि र दृष्टिकोणमा छलफल आवश्यक छैन, नेतृत्वको चयन हुन्छ ।”

एमालेको महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा तोकिएको छ । महासचिव पोखरेलले बलियो राजनीतिक शक्तिको निर्माण सही नीति, कार्यक्रम र प्रभावकारी नेतृत्वबाट मात्र हुने धारणा राखे । 

संविधान र कानुनअनुसारको राज्य निर्माणको बाटोमा एमाले प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  २२:१४
प्रतिक्रिया दिनुहोस्