काठमाडौं । मध्य नाइजेरियामा बन्दुकधारीले शुक्रबार एक क्याथोलिक स्कुलबाट २०० भन्दा बढी विद्यार्थीको अपहरण गरेका छन् । यो यस साता विद्यार्थीको सामूहिक अपहरणको दोस्रो ठूलो घटना हो ।
यो अपहरण घटना नाइजर राज्यको पापिरी क्षेत्रस्थित सेन्ट मेरी स्कुलबाट गरिएको हो । सुरक्षा जोखिम बढेका कारण प्रशासनले उक्त क्षेत्रमा पहिल्यै धेरै बोर्डिङ स्कुल बन्द गरिसकेको थियो ।
नाइजेरियाको क्रिस्चियन एसोसिएसनका अनुसार, शुक्रबार सबेरै २१५ विद्यार्थी र १२ कर्मचारीको अपहरण गरिएको हो । विगत केही दिनमा नाइजेरियाका सशस्त्र समूहले यस्ता स्कुलहरूमा एकपछि अर्को गरी धेरै हमला गरिसकेका छन् ।
सोमबारमा पनि नाइजर राज्यको एक बोर्डिङ स्कुलबाट २० भन्दा बढी विद्यार्थीको अपहरण गरिएको थियो । बीबीसीबाट ।