site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पुराना नेतामाथि 'जेनजी'को संशय छ : डा. बाबुराम भट्टराई

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले 'जेनजी' पुस्ताले पुराना नेतालाई विश्वास गर्न नसकेको बताएका छन् ।

काठमाडौंमा आयोजित पार्टी एकता सभालाई सम्बोधन गर्दै भट्टराईले भने, “हामीले भनेजस्तो पार्टी बन्छ कि बन्दैन भन्ने उहाँहरू (जेनजी) को चिन्ता छ ।"

अहिलेको संकट पार लगाउन शक्ति निर्माण हुन नसके फेरि पुरानै दल र नेता आउने भट्टराईले बताए । संकटबाट देशलाई निकास दिन शक्ति आर्जन गर्नुपर्ने भएकाले निर्वाचनमा विजय हासिल गरेर जान उनले 'जेनजी'लाई सुझाए ।

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  १७:२४
प्रतिक्रिया दिनुहोस्