site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नातेदार नियुक्तिले असन्तुष्टि : प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउँदै ‘जेनजी’
आदर्शकुमार श्रेष्ठ । फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले पारिवारिक सदस्य र नातेदारलाई नियुक्ति दिलाएकामा ‘जेनजी’ रुष्ट छन् । श्रेष्ठले प्रधानमन्त्रीको सचिवालयमा श्रीमतीसहितका नातेदारलाई नियुक्त गरेका छन् ।

यही असन्तुष्टिबीच सोमबार (मंसिर ८) ‘द काउन्सिल अफ जेनजी’ले प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउने भएको छ । त्यसमा आबद्ध जेनजीले प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षणपत्र बुझाउन लागेका हुन् ।

हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुधन गुरुङ समूहका जेनजी अगुवा सम्राट उपाध्यायले यसै विषयमा अहिले छलफल भइरहेको  बताए । “यसै विषयमा हामी छलफल गरिरहेका छौँ । कति बजे प्रधानमन्त्रीलाई भेट्न जाने भनेर फिक्स्ड भइसकेको छैन,” उनले बाह्रखरीसित भने ।

 

 

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  ०९:५९
प्रतिक्रिया दिनुहोस्