काठमाडौं । अभियन्ता खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल निर्वाचन आयोगमा विधिवत् रूपमा दर्ता भएको छ । सोमबार (मंसिर ८) आयोगले हाम्रो पार्टीको नेतृत्वलाई दल दर्ताको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।
आयोगमा २१६ नम्बरमा दर्ता भएको उक्त पार्टीको चुनाव चिह्न गोलो घेराभित्र राम्रो जनाउने ‘लाइक’ राखिएको छ ।

दल दर्ताको प्रमाणपत्र लिन बाजागाजासहित आयोग पुगेका हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो पार्टी मजबुत राजनीतिक शक्तिका रूपमा उदाउने जिकिर गरे । राजनीतिक ‘कोर्स’ र देशलाई सही ढंगले दिशानिर्देश गर्दै पार्टीले आफ्नो गतिविधि अघि बढाउने उनले उल्लेख गरे ।
सुनारले मुलुक नयाँ राजनीतिक परिवेशमा अघि बढेको र निर्वाचनमय भएको अवस्थामा दलहरू थपिनु स्वाभाविक भएको बताए । हिमालयन टेली भ्वाइस