site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अब विशेषको विकल्प छैन, नयाँ सभापतिको हस्ताक्षरमा चुनाव लड्छौँ : गगन थापा
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा अब विशेष महाधिवेशनको विकल्प नरहेको बताएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले नयाँ नीति र नेतृत्वसहित नयाँ सभापतिको हस्ताक्षरमा पार्टी चुनावमा जाने दाबी गरेका छन् ।

"विधानबमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ । त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ । नयाँ सभापतिको हस्ताक्षर सहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ," उनले भनेका छन् ।

पार्टी पंक्ति र शुभचिन्तकहरूले ‘पार्टीले वर्तमान सभापतिकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो ?’ भनेर प्रश्न गरिरहेको सन्दर्भ कोट्याउँदै थापाले अब विधानबमोजिम समयभित्रै विशेष महाधिवेशन हुने बताएका हुन् ।

 

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  १४:१२
प्रतिक्रिया दिनुहोस्