site stats
बाह्रखरी :: Baahrakhari
विदेश
क्यानडा–भारतबीच व्यापार वार्ता पुनः सुरु गर्ने सहमति
तस्बिर : रोयटर्स ।

काठमाडौं । क्यानडा र भारतले दुईवर्ष अघि रोकिएको व्यापार वार्ता पुनः सुरु गर्न सहमत भएका छन् । दक्षिण अफ्रिकाको जोहानिसबर्गमा भइरहेको जी–२० शिखर सम्मेलनमा क्यानडाकी प्रधानमन्त्री मार्क कार्नी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय वार्तामा सहमति जुटेको हो । 

दुवै नेताले उच्च महत्त्वाकांक्षी आर्थिक साझेदारी सम्झौता (सीईपीए) वार्ता सुरु गर्ने घोषणा गरेका छन् । यसको लक्ष्य सन् २०३० सम्म द्विपक्षीय व्यापारलाई दोब्बरले बढाएर ५० अर्ब अमेरिकी डलर पुर्‍याउने रहेको छ ।

क्यानडाकी प्रधानमन्त्री कार्नीले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेकी छिन्, “आज प्रधानमन्त्री नरेन्द्र मोदी र मैले जी–२० शिखर सम्मेलनमा भेट गरी व्यापार सम्झौता वार्ता सुरु गरेका छौं । यसले हाम्रो द्विपक्षीय व्यापार ७० अर्ब क्यानेडियन डलरभन्दा बढी पुग्न सक्छ । विश्वको पाँचौं ठूलो अर्थतन्त्र भारतसँगको यो सहकार्यले क्यानडाको व्यवसाय र कर्मचारीका लागि ठूला अवसर ल्याउनेछ ।”

भारतीय प्रधानमन्त्री कार्यालयका अनुसार दुवै देशले आफ्नो दीर्घकालीन उद्देश्यका लागि आणविक सहयोगलाई पुनः दोहोर्‍याएका छन् । साथै, उनीहरू युरेनियमको दीर्घकालीन आपूर्तिलगायत सहयोग बढाउने विषयमा छलफल गरेका छन् ।

सन् २०२३ मा क्यानेडेली सिख पृथकतावादी नेताको हत्या विवादपछि क्यानाडाले व्यापार वार्ता रोकेको थियो । यद्यपि, गत वर्ष जी–७ शिखर सम्मेलनमा मोदी र कार्नीबीच भएको भेटपछि दुवै देशबीचको सम्बन्धमा सुधार देखिएको थियो ।

हाल दुवै देशबीच वस्तु तथा सेवाको व्यापार ३१ अर्ब क्यानेडियन डलरबराबर छ ।

 

 

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  १६:५१
प्रतिक्रिया दिनुहोस्