site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जेनजी अभियन्तालाई नभेटी सिंहदरबारबाट बाहिरिइन् प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ‘जेनजी’ अभियन्ताहरूलाई नभेटी सिंहदरबारबाट बाहिरिएकी छन् । सोमबार दिउँसो ज्ञापनपत्र बुझाउन पुगेका जेनजी समूहलाई समय नदिई प्रधानमन्त्री कार्की कार्यालयबाट बाहिरिएकी हुन् ।

आज मन्त्रिपरिषद्को बैठक पनि बसेको थियो । बैठकपछि प्रधानमन्त्रीले आफूहरूलाई सयम दिने जेनजी अभियन्ताको अपेक्षा थियो ।

प्रधानमन्त्रीको समय मिलाउन खोज्दा प्रमुख स्वकीय सचिवले फोन ‘स्विच अफ’ गरेर बसेको र म्यासेजको समेत रिप्लाई नदिएको अभियन्ताहरूको गुनासो छ । आफूहरूलाई नभेटि प्रधानमन्त्री हिँडेपछि अभियन्ताहरू थप आक्रोशित बनेका छन् ।

प्रधानमन्त्रीको सचिवालयमा आफन्त र नातेदारलाई नियुक्ति दिएको विरोधमा उनीहरू ज्ञापनपत्र बुझाउन सिंहदरबार पुगेका थिए ।

 

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  १७:०४
प्रतिक्रिया दिनुहोस्