site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुर्खेतमा महेश बस्नेतविरुद्ध निरन्तर नाराबाजी

सुर्खेत । नेकपा (एमाले)का नेता महेश बस्नेतविरुद्ध मंगलबार (मंसिर ९) सुर्खेतमा ‘जेनजी’ले नाराबाजी गरिरहेका छन् । वीरेन्द्रनगर नगरपालिका कार्यालयअगाडि उनीहरूले प्रदर्शन गरिरहेका हुन् ।

राष्ट्रिय युवा संघले आयोजना गरेको कार्यक्रममा सहभागी हुन बस्नेत मंगलबारै बिहान सुर्खेत आइपुगेका छन् । वीरेन्द्रनगरस्थित जिल्ला समन्वय समितिको सभाहलमा यस दिन कार्यक्रम तय गरिएको संगठनले जनाएको छ ।

बस्नेत सुर्खेत आएसँगै वीरेन्द्रनगरमा सुरक्षा व्यवस्था निकै कडा गरिएको छ । बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  १२:०९
प्रतिक्रिया दिनुहोस्