site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभा निर्वाचन : राप्रपाले गरायो दल दर्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गराएको छ । राप्रपाले मंगलबार निर्वाचन आयोग पुगेर (मंसिर ९) दल दर्ता गराएको हो । 

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले यथास्थितिमा हुने निर्वाचनले मुलुकको निकास सम्भव नभएको तर पनि जिम्मेवार दलका नाताले दल दर्ता गराइएको बताए । 

आजै मात्र नेकपा (एमाले)ले पनि दल दर्ता गराएको छ । 

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दर्ताको समय बुधबारसम्म तोकिएको छ ।
 

 

 

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  १३:४१
प्रतिक्रिया दिनुहोस्