site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इथियोपियामा ज्वालामुखी विस्फोट : एयर इन्डिया र अकासाको उडान रद्द

काठमाडौं । उत्तरी इथियोपियामा लामो समयदेखि निष्क्रिय रहेको हेली गुब्बी ज्वालामुखी विस्फोट भएपछि एयर इन्डिया र अकासा एयरले उडान रद्द गरेका छन् ।

इथियोपियामा ज्वालामुखी विस्फोटबाट उठेको धुवाँ र खरानीले उडानमा अवरोध भएको छ । सोही कारण मंगलबार एयर इन्डिया र अकासा एयरले केही उडान रद्द गरेका रोयटर्सले जनाएको छ ।

भारतीय उड्डयन नियामकले दिएको निर्देशनानुसार एयर इन्डियाले सोमबार र मंगलबार गरी ११ उडान रद्द गरेको छ ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी)ले खरानीको बादल चीनतर्फ बढिरहेको र मंगलबार अपराह्नसम्म भारतीय आकाशबाट हट्ने सम्भावना रहेको जनाएको छ ।

सञ्चारमाध्यमका अनुसार, इथियोपियाको हेली गुब्बी ज्वालामुखी इतिहासमा पहिलोपटक आइतबार विस्फोट भएपछि १४ किलोमिटरसम्म उचाइमा खरानीको र धुवाँ उठेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  १३:४२
प्रतिक्रिया दिनुहोस्