site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नवप्रवेशीलाई स्वागत गर्दै माधव नेपालले भने– हामी प्रफुल्ल भएका छौँ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफ्नो दलमा नवप्रवेशीको लर्को लागेको बताएका छन् ।

मंगलबार (मंसिर ९) काठमाडौंको पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा नवप्रवेशीलाई स्वागत गर्दै उनले मधेस प्रदेशलगायत विभिन्न जिल्लामा एकताबारे सकारात्मक सन्देश पुगेको बताए ।

उनले भने, “रौतहट, सर्लाही विभिन्न जिल्लामा पुग्दा कार्यक्रम आयोजनास्थल खचाखच हुँदा हामी प्रफुल्ल भएका छौँ ।”

उनले अगाडि भने, “भ्रष्टाचार, बेरोजगार सबैको विरुद्धमा हामी लाग्नेछौँ । देश–विदेश सबैतिरका मजदुररको हितमा हामी उभिनेछौँ । सबैका विरुद्धमा हामीले सशक्त आवाज उठाउनेछौँ । नेपाली कम्युनिस्ट पार्टी सबैको आशा, भरोसाको केन्द्र बन्नेछ ।”

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  १४:५५
प्रतिक्रिया दिनुहोस्