site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट मुक्त गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ । पार्टीको मंगलबार बसेको सचिवालय बैठकले इन्चार्जको भूमिकामा रहेका नेताहरूलाई मुक्त गर्ने निर्णय गरेको महामन्त्री कबीन्द्र बुर्लाकोटीले जानकारी दिए । 

उनले बाह्रखरीसित भने, “निर्वाचन केन्द्रित गतिविधि बढाउनु पर्ने भएकाले पनि प्रदेश इन्चार्जलाई मुक्त गरिएको हो । बैठकले इन्चार्जको भूमिका केन्द्रीय सदस्यलाई दिने निर्णय गरेको छ ।” 

बैठकले गरेको निर्णयमा भनिएको छ, “प्रदेश इन्चार्जको भूमिका निर्वाह गर्दै आउनुभएका सचिवालय सदस्यहरूलाई विशेष धन्यवाद दिँदै, आगामी निर्वाचन केन्द्रित गतिविधिमा जिम्मेवारी प्रदान गर्ने र प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरियो ।”

बैठकले सुशासन र द्रूत विकासप्रति समर्पित सबै वैकल्पिक शक्तिहरू मुलुकको अर्थ–राजनीतिक संरचनामा आमूल परिवर्तन गर्नसक्ने सामूहिक सामथ्र्य बनाउन एकजुट हुन आह्वान गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  १३:०७
प्रतिक्रिया दिनुहोस्