site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीले विश्वविद्यालयको सबै भारी बोकेर हिँड्न सक्दैन : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले सबै कार्यभार बोकेर हिँड्न नसकिने बताएकी छन् ।

विश्वविद्यालयहरूको कुलपति प्रधानमन्त्री हुने व्यवस्थाप्रति लक्षित गर्दै उनले सबै भारी डोकोभरी बोकेर प्रधानमन्त्री एक्लैले हिँडन नसक्ने बताएकी हुन् । बुधबार त्रिवि सभालाई सम्बोधन गर्दै उनले सो व्यवस्था हटाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन लागेको र त्यसमा आफू पनि सहमत रहेको उल्लेख गरिन् ।

प्रधानमन्त्री कार्कीले विश्वविद्यालय स्वायत्त हुनुपर्ने स्पष्ट पार्दै राजनीतिक नेतृत्वले त्यसमा दृष्टि पुर्‍याउनसक्ने अवस्था नरहेको तर्क गरिन् । विश्वविद्यालयलाई आफैँ फूल्ने, फल्ने गरी आवश्यक वातावरण बनाउनु जरुरी रहेको उनको भनाइ छ ।

यस्तो छ प्रधानमन्त्री कार्कीको भनाइ ः

अब हामीले हरेक कुराको विकासलाई हेर्नुपर्छ । अब यो हेर्ने तपाईंहरूले हो । हामी दृष्टि पुर्‍याउन सक्दैनौँ । एउटै प्रधानमन्त्रीले सारा डोकोभरि सबै भारी बोकेर हिँड्न सक्दैन । त्यसैले यो स्वायत्तताको कुरा जुन उठेको छ । पुनजी (शिक्षामन्त्री महावीर पुन) ले उठाइरहनुभएको छ । उहाँ कोशिसमा हुनुहुन्छ । प्रयत्नमा हुनुहुन्छ । त्यो हुनुपर्छ भन्ने मलाई लाग्छ । पहिले हुर्किंदाको पानी हाल्ने त । हुर्कीसकेपछि त आफैँ फुल्छ, आफैँ फल्छ । आफैँ गर्छ भन्नेतिर जानुपर्छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  १७:१२
प्रतिक्रिया दिनुहोस्