site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेकपा र जनता समाजवादी पार्टी एकीकरण पक्षधरबीच एकता, यस्तो छ सहमति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी, एकीकरण पक्षधर समूहबीच एकीकरण भएको छ ।

बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी एकता घोषणा गरिएको हो । विगतमा पार्टी र राज्यका विभिन्न निकायहरूमा जिम्मेवारी बहन गर्दा भए गरेका सबल र दुर्बल पक्षहरूको बस्तुनिष्ठ समीक्षा गर्दै कमी कमजोरीहरू सच्याउने र संघीयता, सुशासन, समृद्धि र सामाजिक न्यायको माध्यमबाट समाजवादको दिशामा अगाडि बढ्ने सहमति भएको उल्लेख गरिएको छ ।

बिहीबार १० बुँदे सहमति गर्दै एकता घोषणा गरिएको हो । सहमतिपत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेका छन् । जनता समाजवादी पार्टी, एकीकरण पक्षधर समूहबाट संघीय परिषद् अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

1-1764233790.jpg
2-1764233790.jpg
 

 

 

 

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  १४:४२
प्रतिक्रिया दिनुहोस्