काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका असन्तुष्ट नेताकार्यकर्तासँग हातेमालो गर्न चाहेको बताएका छन् ।
बिहीबार एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “यत्ति काफी छैन । त्यहाँ छन् अन्य वामपन्थीहरू । हजारौँ छन् त्यहाँ उकुसमुकुस भएको देखेका छौँ हामीले । हामी छलफलमा छौँ । तपाईंहरूसँग हातेमालो गर्न चाहेका छौँ ।”
गलत प्रवृति र नेतृत्वले संसारमा ठूलो क्षति देखेको भन्दै उनले खुला मनले एमालेभित्र रहेकासँग हात बढाउन चाहेको उनको भनाइ छ ।
उनले भने, “समीक्षा गर्नुहोस् इतिहासको, एकता त गरेकै थियौँ । हामीले नै प्रस्ताव गरेका थियौँ तर नेतृत्व गलत मान्छेको हातमा हुँदा के–के भोग्नुपर्यो । समय आएको छ हामीलाई विश्वास छ त्यहाँभित्रका इमान्दार देशभक्त र क्रान्तिकारी साथीहरूले सत्यको पक्षमा आवाज उठाउन थालिसक्नु भएको छ ।” त्यो आवाज बृहत् वामपन्थी एकतामा पुगेर मात्र विश्राम लिने उनको भनाइ छ ।