site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अन्तरिम सरकार दीर्घकालीन प्रकृतिका सम्झौतामा अघि सरेको छ : भीम रावल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले अन्तरिम सरकारले निर्वाचनको तयारी नगरी दीर्घकालीन प्रकृतिका सम्झौतामा अघि सरेको भन्दै आपत्ति जनाएका छन् ।

पार्टीको धनगढीमा सुरु एकता सन्देश सभालाई शुक्रबार सम्बोधन गर्दै उनले भने, "यो सरकारले कतिपय असमान सन्धि-सम्झौताहरू गर्ने, भारतसँग विद्युत्‌को महसुल बढी तिर्ने गरी सम्झौता गर्ने जस्ता कुरा हामीले सुनेका छौँ । राष्ट्रिय स्वाधिनताको विरुद्ध भएका सन्धि-सम्झौता सुदूपश्चिमका जनतालाई सह्य छैन ।"

अब निर्वाचन निष्पक्ष भयरहीत बनाउन बाहिर रहेका गोलीगठ्ठा सरकारले नियन्त्रणमा लिनुपर्ने उनको भनाइ छ । 'जेनजी' विद्रोहको माग नेपाली कम्युनिस्ट पार्टीले बोक्ने पनि उनको भनाइ थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  १६:०८
प्रतिक्रिया दिनुहोस्