राजनीति
पोखरा । नेपाली कम्युनिस्ट पार्टीले आइतबार पोखरामा प्रदेशस्तरीय सभा गर्ने भएको छ । शुक्रबार सुदूरपश्चिममा सभा गरेको नेकपाले आइतबार पोखराको चिप्लेढुंगामा गण्डकी प्रदेशस्तरीय सभा गर्ने जानकारी दिएको छ ।
आइतबारको कार्यक्रममा लागि विभिन्न उपसमिति गठन गरिएको शुक्रबार पत्रकार सम्मेलन गरी नेकपाले जानकारी दिएको छ । सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाललगायत नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।
पत्रकार भेटघाटमा नेपाली कम्युनिस्ट पार्टीका नेताहरू दिनानाथ शर्मा, श्रीनाथ बराल, विश्वनाथ शर्मालगायत सहभागी थिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२ १८:२९
प्रतिक्रिया दिनुहोस्