site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपासँगको एकतामा मिलन पाण्डे सामेल नहुने
तस्बिर : एक्सबाट ।

काठमाडौं । विवेकशील साझा पार्टीका नेता मिलन पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकता प्रक्रियामा सामेल नहुने भएका छन् ।

उनले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्, “रास्वपाको एकीकरणमा जुट्नुभएको सबै साथीहरूलाई शुभकामना छ । म यो एकीकरणमा सामेल छैन ।”

उनले अगाडि लेखेका छन्, “अब केही समय (केही दिन वा केही महिना) ‘कुलिङ पिरियड’ लिन्छु । त्यसपछि नयाँ तरिकाले राजनीतिक यात्रा सुरु गर्नेछु ।”

पाण्डेले भनेका छन्, “आजदेखि म पनि ‘स्वतन्त्र’ भएँ । विवेकशील पनि ‘स्वतन्त्र’ भयो ।”

विवेकशील नेपाली दल हुँदा सुरुआती चरणमा उनले ५८ प्रतिशत मत पाएर अध्यक्ष बनेका थिए । पछि विवेकशील साझा पार्टीका संयोजक बनेका थिए ।

प्रकाशित मिति: आइतबार, मंसिर १४, २०८२  १३:४५
प्रतिक्रिया दिनुहोस्