site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
११औँ महाधिवेशनका लागि एमालेले सार्वजनिक गर्‍यो लोगो

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनको लोगो सार्वजनिक गरिएको छ । 

आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका हुन् । 

लोगोमा राष्ट्रिय झन्डा, धरहरा, पाँचतले दरबार समेटिएको छ । एमालेले महाधिवेशनको नारा ‘निर्णय राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ तय गरेको छ । 

महाधिवेशन यही मंसिर २७–२९ गते हुँदै छ । 

उद्घाटन सत्र भक्तपुरको सल्लाघारी र बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुनेछ ।

 

 

प्रकाशित मिति: आइतबार, मंसिर १४, २०८२  १४:३६
प्रतिक्रिया दिनुहोस्