काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राजनीतिक सिद्धान्त र नेतृत्व निःसर्त स्वीकार गर्दै निष्ठा र मूल्य–मान्यतामा आधारित वैकल्पिक राजनीतिको प्रवद्र्धनमा स्व. उज्ज्वल थापा एवं ‘विवेकशील अभियान’को योगदानलाई दस्ताबेजीकरण गरी मान्यता दिने सहमति भएको छ । आइतबार (मंसिर १४) काठमाडौंमा रास्वपा र विवेकशील साझा पार्टीबीचको एकता घोषणासभामा यस्तो सहमति गरिएको हो ।
एकीकरणपश्चात् दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहनेछ । झन्डा पनि साबिककै रहने सहमति छ ।
दुवै पक्षबीच रास्वपाको पहिलो महाधिवेशनसम्मका निम्ति बनाइएको विशेष संयन्त्र ‘संघीय नेतृत्व मञ्च’मा विवेकशील साझाका तर्फबाट एकीकरणको प्रक्रियामा आउने नेताहरूलाई आपसी समझदारीमा मनोनयन गर्ने समझदारी बनेको छ ।
मञ्चका सदस्यको वरीयता केन्द्रीय समितिको सदस्यसरह हुनेछ । विवेकशील साझाका सदस्य र सल्लाहकारलाई केन्द्रीय, प्रादेशिक र स्थानीय तहगत संरचनामा समायोजन गरी जिम्मेवारी तोक्दा योग्यता, समावेशिताको सिद्धान्त र सार्वजनिक छविलाई आधार मानिने पनि सहमतिपत्रमा उल्लेख छ ।
सहमतिपत्रको पूर्णपाठ पढ्नोस्–
