site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शक्ति आर्जन, चुनाव जित्न पार्टी एकता : नारायणकाजी श्रेष्ठ

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले निश्चित उद्देश्य प्राप्तिका निम्ति वामपन्थी एक भएर नयाँ दल बनाइएको बताएका छन् । उद्देश्य पूरा गर्नतर्फ नलागे यो निरपेक्ष भई केही समयको जोडघटाउमा सीमित हुने उनले उल्लेख गरे ।

हरहालतमा उद्देश्य पूरा गर्नुपर्ने चुनौती रहेको उनले औँल्याए । उनले भने, ‘‘एउटै कम्युनिस्ट केन्द्र बनाउने यो प्रारम्भ हो ।’’

पार्टी एकता शक्ति आर्जन, संघर्ष गर्न, चुनाव जित्न गरिएको उनले स्पष्ट पारे । तर, मूल रूपमा देशको भौगोलिक अखण्डता र राष्ट्रिय एकता सुदृढ गर्ने आफूहरूको उद्देश्य रहेको उनले जिकिर गरे ।

संघीय लोकतान्त्रिक गणतन्त्र संविधानमै संस्थागत गरिएकाले यसको सुदृढीकरण र रक्षा गर्नु ठूलो विषय भएको उनले बताए ।

शान्ति प्रक्रियाका काम अझै पूरा गर्न बाँकी रहेको उनले उल्लेख गरे ।

सबै कम्युनिस्ट एक ठाउँमा हुँदा आफूलाई खुसी लागेको उनले बताए ।

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  १५:५१
प्रतिक्रिया दिनुहोस्