काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले मंसिर २० गते जनकपुरधाममा एकताको सन्देश सभा गर्ने भएको छ ।
नेकपाले जनकपुरधामको तिरहुतिया गाछीमा मंसिर २० गते सभा गर्न लागेको हो । सांगठनिक सुदृढीकरण तथा फागुन २१ गते हुने निर्वाचनको तयारीस्वरुप सो पार्टीका शीर्ष नेताहरूको उपस्थितिमा विभिन्न प्रदेशहरूमा सभा गरिरहेको छ ।
नेकपाका नेता महेन्द्रराय यादवले सन्देश सभामार्फत एकता प्रकृयालाई सुदृढ बनाउनुका साथै फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि तयार रहेको सन्देश दिने बताए ।
मधेस प्रदेशका ८ वटै जिल्लामा सहजकर्ता खटाएर सभामा सहभागी हुन सहजीकरण गरिएको उनले बताइ । सभालाई नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाललगायत नेताले सम्बोधन गर्ने बताइएको छ । न्युज एजेन्सी नेपाल