site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मुख्यमन्त्री अनुपस्थित भएपछि मधेस प्रदेशसभा बैठक स्थगित
फाइल तस्बिर ।

काठमाडौं । विश्वासको मत लिने भनेका मुख्यमन्त्री अनुपस्थित भएपछि मधेस प्रदेशसभा बैठक स्थगित भएको छ । 

बिहान साढे ८ बजे विश्वासको मत लिने कार्यसूची रहेकोमा मुख्यमन्त्री सरोजकुमार यादव अनुपस्थित भएपछि मधेस प्रदेशसभा बैठक २ बजेसम्मका लागि स्थगित भएको हो ।
 
प्रस्तावक स्वयम अनुपस्थित भएकाले उपसभामुख बबिता कुमारी राउत इसरले २ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेकी छन् ।
 
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ (३) बमोजिम कात्तिक २४ गते यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । 

असंवैधानिक ढंगले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै चौतर्फी आलोचना भएपछि सरकारले प्रदेशसभा प्रमुख भण्डारीलाई पदमुक्त गरेको थियो । 

 

 

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  १२:३७
प्रतिक्रिया दिनुहोस्