काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले अन्तरपार्टी लोकतन्त्रको च्याम्पियन रहेको बताएका छन् ।
प्रेस चौतारी नेपालले काठमाडौंमा बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “हामी नै हौं, अन्तरपार्टी लोकतन्त्रको च्याम्पियन । पाचौं राष्ट्रिय महाधिवेशनमा तय गर्ने नीति पार्टीको मात्र नभएर देशकै लागि विवादमा रहेका मस्यौदा छापेर पृथक् पार्टीका नेतालाई छलफलमा आमन्त्रण गरेका थियौं । हामी तपाईंहरुको पनि सुझाव ल्याउनुहोस्, र हामी अन्तर पार्टीको लोकतन्त्रमा अभ्यस्त छौं ।”
११औँ राष्ट्रिय महाधिवेशन नेतृत्व निर्माण गर्ने महाधिवेशन रहेको पनि उनले बताए ।
मुलुकमा निर्माण भएका परिस्थितिका बारेमा महाधिवेशनमा प्रस्तुत हुने भन्दै उनले पर्याप्त छलफल गरेर तिनै चिजमा महाधिवेशनमा सहमति हुने बताए ।