site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ऊर्जामन्त्री कुलमान भन्छन्- अब देशकै 'लिड' गर्नुपर्छ जस्तो लागिरहेको छ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले अब देशकै नेतृत्त्व गर्नुपर्ने जस्तो लागेको बताएका छन् । 'उज्यालो नेपाल पार्टी'को घोषणासभाको प्रमुख अतिथि बनेका घिसिङले भने, "अब देशकै लिड गर्नुपर्छ जस्तो लागिरहेको छ ।"

उनले उज्यालो नेपाल पार्टी अनुप उपाध्यायले बनाएको भन्दै श्रेय समेत दिए । उनले भने, “मैले विदेशमा घुम्ने मौका पाउँदा सबैसँग भेट्ने अवसर प्राप्त भयो । विदेशमा रहेका नेपालीहरूले देशलाई कति माया गर्नुहुँदो रहेछ । उजयालो नेपाल पार्टीका लागि विदेशमा रहेका नेपालीको साथ सहयोग प्राप्त भएको मलाई लाग्छ ।"

देशमा संकट हुँदा आफ्नो उपस्थिति हुने गरेको घिसिङको दाबी छ । "जुन-जुन बेला देशमा, संस्थामा क्राइसिस आउँछ मेरो उपस्थिति हुँदो रहेछ । विद्युत् प्राधिकरणमा क्राइसिस भएका बेला मलाई निर्देशक बनाउनुभयो । चिलिमे हाइड्रोपावरमा पनि क्राइसिस भएका बेला त्यहाँका स्थानीय जनता केन्द्रित भएर काम गरेँ । त्यहाँबाट पनि निकालिएँ । आन्दोलन भयो त्यपछि फेरि विद्युत् प्राधिकरणमा आएँ र त्यसपछि समस्या समाधान भयो,” घिसिङले भने ।

'जेनजी' आन्दोलनले आफूलाई मन्त्री बन्ने अवसर प्राप्त भएको उनले बताए । "राजनीतिक परिवर्तन गर्न भाषण गर्न स्क्ने व्यक्ति विकास निर्माणको एजेन्डामा असफल हुन सक्छ । डेलिभरी दिनुपर्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा परिणाममुखी हो,” उनले भने ।

विश्वास गुमेपछि लिडरसीप फेल हुने पनि उनको भनाइ छ ।

 

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  १६:२३
प्रतिक्रिया दिनुहोस्